काठमाडाैं। ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ ।
यो जितसँगै ओमानले लिग–२ मा ३१ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २६ खेल खेल्दा १४ जित र नौ हार व्यहोरेको छ । ओमानको तीन खेल भने रद्द भएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न उक्त खेल ३६.५ ओभरमा पुगेपछि वर्षाका कारण रोकिएको थियो ।
ओमानले प्रस्तुत गरेको ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सात विकेट गुमाएर १५५ रन बनाएको थियो । यसपछि, अम्पायरले डीएलएस प्रणालीका आधारमा ओमान १०२ रनले विजयी भएको घोषणा गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्