काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकको पीडालाई तत्काल सम्बोधन गर्नका लागि सरकारले विभिन्न अध्यादेशहरु ल्याउनुपरेको बताएको छ ।
संसदलाई छलेर सरकारले संवैधानिक परिषद्, सहकारी सम्बन्धि अध्यादेश ल्याएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला सत्तारुढ रास्वपाले भने त्यसको बचाउँदै गर्दै आम नागरिकको हितमा केन्द्रित भएर सो अध्यादेश ल्याउनु परेको जिकिर गरेको हो ।
बुधवार सिंहदरवारमा पार्टी संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आम नागरिकलाई पीडामा मलमपट्टी तत्काल लगाउनका लागि सरकारले सो अध्यादेश ल्याउनुपरेको बताइन् । उनले सो अध्यादेश जनादेशअनुसार आएकाले पनि त्यसको विरोध गर्नुको कुनै तुक नरहेको दाबी गरेकी छन् ।
सचेतक धितालले भनिन्,‘ आम नागरिकहरु जुन दुखबाट, पीडाबाट गुज्रिराख्नु भएको छ । त्यो पीडालाई अझ बढि मलमपटटी लगाउनका लागि सहयोग पनि हुन्छ । र, उहाँहरुले जसरी आधारभूत आवश्यक्ताका लागि लडिरहनुपरेको छ । उहाँहरुले पनि हामीहरुले जस्तो सहज जीवनयापन गर्न पाउनुपर्दछ । त्यसैका लागि विभिन्न खालको अध्यादेशहरु ल्याईराखिएको छ ।
अध्यादेश कसरी ल्याइयो ? महत्वपूर्ण हुन सक्ला । तर त्यो कन्टेन्ट के मा निहित छ भन्ने आईसकेपछि प्रश्नहरु उठनु अझ बढी जायज होला जस्तो लाग्छ । र आज भएको छलफलमा चाहीँ यो विशुद्ध आम नागरिकको लागि, हामीले प्राप्त गरेको जनादेशलाई न्याय गर्नका लागि पनि यो गर्नैपर्ने थियो, त्यसले यो अध्यादेश ल्याएका हौँ ।’ सचेतक धितालले सो अध्यादेशबारे पार्टीका सांसदहरुले विरोध नभई जिज्ञासा राखेको पनि बताउनुभयो । उहाँले पार्टीका सांसदहरुको प्रधानमन्त्रीसँग सहज पहुँच रहेको पनि दाबी गरेककी छन् ।










प्रतिक्रिया दिनुहोस्