Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


फेरी बढ्याे सार्वजनिक यातायातकाे भाडा, कुन ठाउँकाे कति ? (सूचीसहित)


1.6k
Shares

काठमाडाैं । बालेन शाह सरकारले सार्वजनिक यातायातकाे भाडा पुन: बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक सवारीसाधनको भाडादर समायाेन गरेको हो ।
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था अनुरुप पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा हुँदा वैशाख ३ गते बढाएको थियो ।

नयाँ भाडादरअनुसार यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईमा सञ्चालन हुन मालवाहक सवारीमा पाँच प्रतिशत वृद्धि गरेको जनाएको छ ।