काठमाडाैं । गण्डकी प्रदेशकै प्रतिष्ठित खेलकुद अवार्ड पोखरा स्पोर्ट्स अवार्डको मिति सरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पत्रकार सम्मेलन गर्दै आवश्यक तयारीको लागि समय अपुग तथा अन्य प्राविधीक कारणले अवार्डको मिति सार्नुपरेको जनाएको हो । यसअघि वैशाख १८ गते आयोजना गर्ने भनिएको अवार्ड कार्यक्रम नयाँ तालिका अनुसार वैशाख ३१ गते हुने भएकाे छ। यस अवार्डमा यस वर्ष दुई वटा विधा थप गरिएको छ ।
याे वर्ष वितरण हुने कूल ९ विधामध्ये पिपुल्स च्वाइस र स्पेशल अवार्ड नयाँ हो । त्यस्तै,मञ्चले वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघसंस्था वा क्लब र उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गर्ने जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्