काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भइरहेको एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा बुधबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।
कीर्तिपुर रङ्गशालामा बुधबार बिहान साढे ९ बजेदेखि शुरु हुने भएकाे हाे । लिग–२ अन्तर्गत यसअघि भएको पहिलो खेलमा गत शनिबार नेपालले यूएईलाई ३७ रनले पराजित गरेकाे थियो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर दुई बलमा १ सय ६३ रनमा अलआउट भएको थियो ।
सोमबार भएको खेलमा यूएईले ओमानलाई २५ रनले पराजित गरेको थियो । यो शृङ्खलामा नेपाल, यूएई र ओमान सहभागी रहेका छन् । नेपाल आठ टोली सहभागी लिग–२ मा २१ खेलबाट १४ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
ओमान २५ खेलमा २९ अंकसहित तेस्रो र यूएई २२ खेलमा १२ अंकसहित पुछारमा रहेकाे हाे । अहिले खेलिरहेका तीन वटै टोलीले एक-आपसमा दुई/दुई खेल खेल्ने भएका छन् ।










प्रतिक्रिया दिनुहोस्