Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बागमतीसहित देशका ७ वटै प्रदेशमा आज पनि मध्यमदेखि भारी वर्षा हुँदै


442
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

बुधबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा अधिकांश बादल लागेको हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा भई रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बुधबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा अधिकांश बादल लाग्ने भएकाे छ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको हाे। देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाउकाे छ।

त्यस्तै, बुधबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा अधिकांश बादल लाग्ने भएकाे हाे । साथै तराई भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको रहेकाे हाे।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको हाे। साथै देशका तराई भू-भागका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।