मुसिकोट । रुकुम पश्चिमको आठबिसकोट ९ सुन्दरपानी नजिकै जीप दुर्घटना हुँदा एक बालकसहित १३ जना घाइते भएका छन् ।
नगरपालिकाको राडीबजार देखि कोट घर्तीगाउँतर्फ जाँदै गरेको जीप आज साँझ करिब ५ बजेतिर दुर्घटना भएको हो ।
ग २ च ५२१३ नम्वर जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएको र घाइतेहरुको अहिले नगर अस्पतालमा उपचार भइरहेको घटनाका प्रत्यक्षदर्शी ललित चन्दले बताए। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान र घाइतेको पहिचान बारे प्रहरीले विवरण संकलन गरिरहेको बताइएको छ । घटना स्थलमा प्रहरी टोली र आठबिसकोट नगर प्रहरीको टोलि पुगेको छ । अन्य पनि घाइते भएको र उनीहरुलाई उद्धार कार्य जारी रहेको बताईएको छ । थप विवरण आउँन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्