Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा


2.9k
Shares

काठमाडाैं । सरकारले दुई वटा अध्यादेश स्वीकृत गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो ।

ती अध्यादेशहरू जारी गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । सरकारले संवैधानिक परिषद र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको र राष्ट्रपति पौडेलले ती अध्यादेशहरु अध्ययन गरिरहेको राष्ट्रपति भवन शीतल निवासले जनाएको छ ।

यही वैशाख १७ गतेका लागि संघीय संसदका दुवै अधिवेशन आह्वान गरेको सरकारले अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको हो । अधिवेशन शुरु गरेर ऐन बनाउन समय लाग्ने भएकाले सरकारले अध्यादेश अघि बढाएको अनुमान गरिएको छ ।