काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताउनुभएको छ ।
काठमाडाैंमा मंगलबार आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटकाे बारेमा ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च रहेको बताउँदै उहाँले त्यस्तो कर घटाउनुपर्ने बताउनुभयाे । उपाध्यक्ष मल्होत्राले त्यस्ता वस्तुमा लाग्दै आएको कर सरकारले घटाएर राजश्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने समेत बताउनुभएकाे छ ।
सरकारले राखेको आगामी ७ वर्षमा १ सय विलियन डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य महत्वाकांक्षी भएता पनि पूरा गर्न सम्भव रहेको उहाँले बताउनुभयो । त्यस्का लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्नुपर्ने उहाँको भनाइ छ । उपाध्यक्ष मल्होत्राले हरेक वर्ष बजेटको आकार बढ्ने तर लक्ष्यअनुसार नउठ्ने गरेको बताउँदै आगामी बर्षको बजेट यर्थाथपरक हुनुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्