Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


घट्याे सुनचाँदीको मूल्य


1.7k
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबार तोलामा एक हजार तीन सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला तीन हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।सोमबार सुन प्रतितोला ३ लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला ५ हजार ४५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार ४ हजार ९ सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार ६ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।