Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


महिला टी-२० च्यालेन्ज ट्रफीमा आज नेपालले रूवाण्डासँग प्रतिस्पर्धा गर्ने


221
Shares

काठमाडाैं । पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले मंगलबार आयोजक रुवाण्डासँग प्रतिस्पर्धा गर्ने भएकाे छ।

रुवान्डामा मंगलबार दिउँसो पौने १ बजेदखि नेपालले घरेलु टोली रुवाण्डासँग प्रतिस्पर्धा गर्ने भएकाे हाे। नेपालले अहिलेसम्म ५ खेल खेलेकोमा इटाली र घरेलु टोली रुवान्डालाई पराजित गरेकाे छ। नेपाल पहिलो खेल र पाँचौँ खेलमा अमेरिकासँग र चौथो खेलमा भानुआतुसँग पराजित भएको हाे ।

प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी रहेका छन् । सबै टोलीले एक-अर्कासँग दुई-दुई खेल खेल्ने भएका हुन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने भएकाे छ।