काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी)ले दिल्ली क्यापिटल्सलाई पराजित गरेकाे छ।
भारतकाे दिल्लीमा साेमबार राति भएकाे खेलमा आरसीबीले दिल्लीलाई ९ विकेटले पराजित गरेकाे हाे । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १६ ओभर ३ बलमा अलआउट हुँदै ७५ रन मात्र बनाउन सक्यो । पावर प्लेमै दिल्लीले १३ रन मात्र बनाएको थियो ।
आरसीबीका जोस हेजलवुडले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिएका छन् । ७६ रनको लक्ष्य आरसीबीले ६ ओभर ३ बलमै १ विकेट गुमाएर भेट्टायो । जेकब बेथेलले ११ बलमा २० रन बनाएका हुन्। देवदत्त पडिक्कलले १३ बलमा अविजित ३४ रन जोडेका थिए । त्यस्तै, विराट कोहलीले पनि अविजित २३ रन बनाएका छन् ।
याे जितसँगै आरसीबी अंक तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली सातौं स्थानमा यथावत् रहेको हाे । त्यस्तै, आईपीएल क्रिकेटमा मंगलबा राति पौने ८ बजेदेखि पञ्जाव किङ्ग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्