Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको निधन


351
Shares

एजेन्सी। दक्षिण सुडानमा साेमबार भएको विमान दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

राजधानी जुबा नजिकै भएको दुर्घटनामा चालकदलका सदस्यसहित १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन् । दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानीस्थित जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो ।

अत्यन्तै न्यून भिजिबिलिटीका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । अस्थिरता, द्वन्द्व र गरिबीसँग जुधिरहेको दक्षिण सुडानमा भरपर्दो यातायात पूर्वाधारको अभाव रहेकाे हाे । अत्यधिक भारवहन क्षमता भन्दा बढी तौल र खराब मौसमका कारण बारम्बार विमान दुर्घटनाहरू हुने गरेको पाइन्छ ।

सन् २०२५ को जनवरीमा देशको उत्तरी भेगमा भएको विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०२१ मा विश्व खाद्य कार्यक्रमका लागि इन्धन बोकेको एउटा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।