Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा अमेरिकासँगको दोस्रो खेलमा पनि नेपाल पराजित


208
Shares

काठमाडाैं । पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपाल दाेस्राे पटक पनि अमेरिकासँग पराजित भएकाे छ।

रुवान्डामा आइतबार राति भएकाे खेलमा अमेरिकाले नेपाललाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हाे । रुबि पोद्दारले नेपालको लागि पहिलो पटक अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसकेकाे हाे। नेपालले दिएको ८७ रनको सामान्य लक्ष्य अमेरिकाले ११ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे थियाे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर मात्र ८६ रन बनाएको थियो । १२ ओभर १ बल सकिँदा नेपालले ४ विकेट गुमाएर २७ रन मात्र बनायो । पाँचौँ खेलमा नेपालको यो तेस्रो हार हो । अमेरिकाको भने यो चौथो जित हो । दुई खेल जितेको नेपालसँग ४ अंक रहेको छ।नेपाल चौथो स्थानमा रहेको हाे ।

अमेरिका ८ अंकका सा तालिकाको शीर्षस्थानमा रहेको छ । यसअघि आफ्नो पहिलो खेलमा यहि वैशाख ५ गते नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । अब नेपालले मंगलबार रुवान्डासँग खेल्ने भएकाे छ।