काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
साेमबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी , बागमती, लुम्बिनी, कोशी र मधेश प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, सोमबार दिउँसाे भने कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको हाे। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, साेमबार रति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाेह हाे । पहाडी तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी , गण्डकी प्रदेश र देशको बाँकी पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्