नबराज छत्कुली, धादिङ ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिकाको आदम घाट नजिक माइक्रो बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।
काठमाडौँ बाट पोखरा जाँदै गरेको बा -प्रदेश -०१- ००६ – ख – ७२२१नम्बरको माइक्रोबस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदम घाट नजिकै सडकमा नै पल्टिएको हो ।
दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरूलाई उपचारको लागि काठमाडौँ पठाइएको छ भने अन्य सामान्य घाइते ७ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
पानी परिरहेको बेला माइक्रो अनियन्त्रित भई सडकमा नै पल्टिएको हो ।










प्रतिक्रिया दिनुहोस्