काठमाडौं । विस्थापित सुकुम्बासीहरूको व्यवस्थापनका लागि दशरथ रंगशालामा विवरण संकलन, स्वास्थ्य परीक्षण र खानपिनको व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिका को समन्वयमा यो कार्य भइरहेको हो।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले छुट्टाछुट्टै डेस्कमार्फत विवरण संकलन गरिरहेका छन्। विवरणपछि परिवारहरूलाई विभिन्न पाँच वटा होल्डिङ सेन्टरमा सारिँदै आएको छ।
हाल रंगशालामा भीड बढ्दै गएको छ। थापाथलीसँगै सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट आउनेको संख्या बढिरहेको छ। यसअघि ३१ परिवारलाई कीर्तिपुरस्थित सत्संग भवनमा राखिएको थियो भने अन्य परिवारलाई वैकल्पिक स्थानमा व्यवस्थापन गरिएको छ।










प्रतिक्रिया दिनुहोस्