काठमाडाैं । भक्तपुरकाे मनोहरास्थित सुकुमसी बस्तीमा आइतबार सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ ।
अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा बल प्रयोग गरेको हो । बस्ती भत्काउनका लागि ठूला डोजर (जेसीबी) हरू तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्नो छाप्रोको छाना र बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ ।
आफ्नो बस्ने बास खोसिएपछि उनीहरू घरायसी सामानहरू कसेर ट्रकमा लोड गरेर सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र पूर्ण तयारीका साथ सुरक्षाकर्मीहरू तैनाथ रहेका छन् । डोजरको प्रयोग र सुरक्षा निकायको उपस्थिति बाक्लो बनाइँदा सो क्षेत्रमा तनाबको स्थिति सिर्जना भएको हाे ।





















प्रतिक्रिया दिनुहोस्