काठमाडाैं । पहिलो संस्करणको आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा आइतबार नेपालले अमेरिकाकाे सामना गर्ने भएकाे छ।
साेही खेल रुवान्डामा नेपाली समय अनुसार आइतबार साँझ पौने ५ बजेदेखि नेपालले अमेरिकाकाे सामना गर्ने भएकाे हाे । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिने भएका छन् । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा इटालीलाई र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई पराजित गरेकाे थियो । चौथो खेलमा नेपाल भानुआतुसँग पराजित भएकाे छ ।
आईसीसीले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी रहेका छन् । सबै टोलीले एक-अर्कासँग दुई पटक खेल्ने भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्