Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अमेरिकी प्रतिनिधिमण्डलको पाकिस्तान भ्रमण रद्द भएको राष्ट्रपति ट्रम्पको घोषणा

वार्ताको नाममा लामाे समय बर्बाद भएको तर्क

1.4k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डलले गर्ने भनेको पाकिस्तान भ्रमण रद्द गर्नुभएको छ ।

इरानी प्रतिनिधिमण्डलले इस्लामावाद छोडेको केही समयपछि अमेरिकी टोलीको पूर्वनिर्धारित भ्रमण रद्द भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनरले वार्ताको लागि लामाे समय बर्बाद गरेको बताउदै यदि इरानले वार्ता गर्न चाहेको खण्डमा फोन गर्नसक्ने बताउनुभयो । यसअघि, इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेटवार्ता गर्नुभएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यमले विदेशमन्त्री अराघची र सेना प्रमुख असिमबीच इस्लामवादमा भेटवार्ता भएको जनाएकाे हो । विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल शनिबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको थियो । पाकिस्तानमा रहेको इरानी दूतावासले इरान र पाकिस्तानबीच ‘द्विपक्षीय मामिलाको समीक्षा’ गर्ने जनाएको छ ।

अमेरिका र इरानका प्रतिनिधिमण्डलले यसै हप्ता पाकिस्तानका अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गर्ने जनाइएको छ ।