Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


भत्काइयो सुकुम्बासी बस्ती (स्थलगत रिपोर्ट)


0
Shares

काठमाडौं ।
काठमाडौंको थापाथलीमा रहेका अव्यवस्थित घर टहरा भत्काइएको छ ।

शनिबार बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिका बीच घर टहरा भत्काउन सुरु गरिएको थियो ।

बस्तीका केही मानिसले डोजर चल्नुअघि नै आफ्नो सामान हटाएका थिए भने केही सामान प्रहरीले सुरक्षित ठाउँमा सारिदिएको थियो ।

कुनै अवरोधबिना थापाथलीस्थित सुकुम्बासी बस्ती खालि गरिएपछि अब वास्तविक सुकुम्बासीको पहिचान गरेर उनीहरुको व्यवस्थापन गर्ने सरकारको तयारी छ ।