काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण तथा अनधिकृत संरचना हटाउने क्रममा मानवीय मूल्य र मर्यादालाई प्राथमिकता दिने स्पष्ट पारेकी छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको निर्णय र जिल्ला प्रशासनको अनुरोधअनुसार महानगरले सहयोगी भूमिका निर्वाह गरिरहेको बताएकी छन् ।
उनका अनुसार संरचना हटाउँदा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिनेछ । साथै, प्रक्रिया सकेसम्म सुरक्षित, विवादरहित र न्यायपूर्ण बनाइने उनले उल्लेख गरेकी छन् ।
डंगोलले सार्वजनिक तथा सामुदायिक जग्गा संरक्षणका काम कानुनअनुसार अघि बढाइने बताउँदै अभियान सफल बनाउन सबै पक्षसँग सहकार्य र सहयोगको अपिल गरेकी छन् ।










प्रतिक्रिया दिनुहोस्