Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


प्रधानमन्त्री कप एनभिए भलिबलमा पुरूषतर्फ पुलिस क्लबको विजयी शुरूवात

कोशी प्रदेश भलिबल क्लब भने ३-१ को सेटमा पराजित

130
Shares

काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा पुलिस क्लबले कोशी प्रदेश भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलमा पुलिस २५–२३, २२–२५, २५–२० र २५–२२ ले विजयी भयो । त्यस्तै, शुक्रबार नै भएको महिलातर्फको खेलमा न्यू डायमण्ड युथ स्पोट्र्स र एभरेष्ट भलिबल क्लबले जित हासिल गरेका छन् । न्यू डायमण्ड युथ स्पोट्र्सले सुदूरपश्चिम भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा न्यू डायमण्ड २५–११, २५–३ र २५– १ ले विजयी भएको हो ।

त्यस्तै, एभरेष्ट भलिबल क्लबले एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । एभरेष्ट २५–२०, १६–२५, २५–१७ र २५–१६ ले विजयी भएको हो । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।

महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको हो।