Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेस बैठकको निर्णय


663
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताउनुभएकाे हाे। बैठकले दलको नेता चयन गर्न र सबै प्रक्रिया पूरा गर्दै सहमति खोज्न दुई उपसभापति र दुई महामन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

कांग्रेसले विद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयको विरोध समेत गरेको हाे ।