Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


इजरायली सेनाकाे आक्रमणमा परी लेबनानमा एक पत्रकारसहित ५ जनाको जीवन गयाे


169
Shares

एजेन्सी । युद्धविरामकाबीच इजरायली सेनाले लेबनानमा गरेको आक्रमणमामा एक पत्रकारसहित ५ जनाको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले इजरायल र लेबनानको सिमाना अलतायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षीया पत्रकार अमल खालिल मारिएको जनाएको हाे । खालिलसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते भएका छन् ।

अलजजिराले घटनाक्रमको रिपोर्टिङ गरिरहेको बेला उनीहरू रहेको गाडीको अगाडि रहेको अर्को गाडीमा हमला भएको उल्लेख गरेकाे छ। त्यसपछि उनीहरू गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए । तर अर्को हमला त्यही घरमै भएपछि खालिल मारिएको जनाइएकाे छ।

अलजजिराले करिब सात घण्टापछि मात्रै खालिलको शव भग्नावशेषबाट निकालिएको जनाएकाे हाे। यसैबीच, लेबनानका प्रधानमन्त्री नवाफ सलामले पत्रकारमाथि आक्रमण र उद्धार कार्यमा अवरोध पुर्‍याउनु युद्ध अपराध भएको भन्दै यस घटनाकाे बारेमा अन्तर्राष्ट्रिय निकायमा जानकारी गराउने बताउनुभएको छ ।