काठमाडाैं । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथयात्रा अन्तर्गत बिहीबार मंगलबजारबाट सुन्धारासम्म रथ तानिँदैछ ।
बुधबार रातो मछिन्द्रनाथ र मिननाथको रथ गाबहालबाट मंगल बजारसम्म तानिएको थियो । वर्षा र सहकालका देवता मानिने मछिन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरूको भीड लाग्ने गरेको छ । पुलचोकमा शनिबार रथारोहण गरिएको रथलाई अस्ति मंगलबार त्यहाँबाट तानेर गाबहाल पुर्याइएको थियो ।
बुधबार गाबहालका बासिन्दाहरूले ‘जात्रा’ मनाएका थिए । बिहीबार मंगल बजारका बासिन्दाले जात्रा मनाइरहेका छन् । यस जात्रामा जुन ठाउँमा रथ पुग्छ । त्यहाँका स्थानीयले उत्सवका रूपमा जात्रा भोज बनाएर खुवाउने परम्परा रहेकाे हाे ।
परम्परा अनुसार बिहीबार दिनभरि मंगल बजारमा जात्रा मनाइने र पूजा हुने गर्दछ । स्थानीयबासीहरूको जात्रा सम्पन्न भएपछि बिहीबार दिउँसो भने रथलाई मंगलबजारबाट सुन्धाराका लागि तानिने कार्यक्रम रहेकाे छ ।
पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रामध्ये एक हो । काठमाण्डौ उपत्यकामा वर्षा गराउनको लागि मछिन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ ।









प्रतिक्रिया दिनुहोस्