काठमाडाैं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा तीन वटा रिट निवेदन दायर भएका छन् ।
महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिविरुद्ध बुधबार तीन वटा रिट निवेदन दर्ता भएका हुन् । तीन वटै रिटमाथिको सुनुवाइ बिहीबार हुने सर्वोच्चले जनाएको हाे । अधिवक्ताहरू माधव बस्नेत र दीपकराज जोशी लगायतले महान्यायाधिवक्ता डा. कँडेलको नियुक्ति सम्बन्धी योग्यतामा प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री शाहले सर्वोच्चको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
महान्यायाधिवक्तामा नियुक्त हुन करिब १५ वर्ष कानून व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा डा कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख गरिएकाे छ ।









प्रतिक्रिया दिनुहोस्