Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


देशका तीन प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपात हुँदै


2.8k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, बिहीबार दिउँसो भने देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना हुने भएकाे हाे।

मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका तथा खोंचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बिहीबार राति भने कोशी ,बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। साथै बाँकी हिमाली तथा पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।