Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


सीमामा कडाइले बिस्कुट उद्योगी उत्साहित


390
Shares

काठमाडौं
सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र अवैध आयात नियन्त्रणको कदमलाई नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ ।

सरकारको यस निर्णयले धराशायी बन्दै गएको स्वदेशी बिस्कुट उद्योगलाई पुनर्र्जीवन दिने र उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको हो । पछिल्लो समय सीमावर्ती क्षेत्रबाट हुने गरेको अवैध आयातले नेपाली उत्पादनको बजार घटेको कारण चिन्तित रहेका बिस्कुट उद्यमीमा आशा छाएको छ ।

नेपालमा स्थापना भएका कुल ४० बिस्कुट उद्योग मध्ये हाल १७ वटा मात्र सञ्चालनमा छन भने २३ वटा उद्योग बन्द अवस्थामा छन्। । वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने यस क्षेत्रमा वार्षिक ६ सय करोड रुपैयाँभन्दा बढीको अवैध आयात हुने गरेको अनुमान छ ।

सरकारको यो कदमले उद्योग, रोजगारी र राजस्व तीनै पक्षलाई सकारात्मक प्रभाव पार्ने संघको विश्वास छ । यदि अवैध आयात पूर्ण रूपमा रोकिएमा उद्योगले हाल सरकारलाई तिर्दै आएको करिब २ सय करोड रुपैयाँ प्रत्यक्ष कर वृद्धि भई ३ सइ करोड रुपैयाँ पुग्ने र थप ५ हजार भन्दा बढी युवालाई सम्मानजनक रोजगारी सिर्जना गर्न सकिने संघको दाबी छ ।