Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


दुई दिने सार्वजनिक बिदाले पोखराका पर्यटन व्यवसायी उत्साहित

ओझेलमा परेको गन्तव्य प्रवर्धन गर्नुपर्नेमा जाेड

143
Shares

काठमाडाैं । सरकारले हालै कार्यान्वयनमा ल्याएको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् ।

साेही निर्णयले आन्तरिक पर्यटनलाई गति दिएको र सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीले बताएका हुन् । यसलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवर्द्धन गर्नुपर्ने उनीहरुको ठहर छ ।

पोखराका पर्यटन व्यवसायीहरूकाअनुसार यो निर्णयले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ । दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास गर्न ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुभयाे ।

पर्यटकीय क्षेत्रहरु पोखरा, लेखनाथ र यस वरिपरिका गन्तव्यहरुमा पर्यटकको उपस्थितिले आर्थिक गतिविधि चलायमान बनाएको पर्यटन व्यवसायीहरुको अनुभव छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की महासचिव शोभा अधिकारी पौडेलले दुई दिने विदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

सरकारले दुई दिन विदा दिंदा कोभिड महामारी, भूकम्प र राजनीतिक अस्थिरता जता विभिन्न समस्या झेल्दै आएको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न मद्दत पुग्ने पर्यटन व्यवायीहरुको विश्वास छ