Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


घट्याे सुनचाँदीको मूल्य


689
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार भने प्रतितोला आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी मंगलबार प्रतितोला पाँच हजार एक सय ६० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बुधबार तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला ३० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार सात सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।