काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दैछ ।
बैठक बुधबार बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको हाे । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारी बारे छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्षलाई आमन्त्रण गरिएको सचिवालयले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्