Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


अमेरिका र इरानलाई युद्धविरामकाे बारेमा पुन: विचार गर्न पाकिस्तानकाे आग्रह

वार्ता र कूटनीति नै एक मात्र व्यवहारिक माध्यम भएकाे पाकिस्तानको निष्कर्ष

390
Shares

एजेन्सी । पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले अमेरिका र इरानबीचको सम्बन्ध सुधारका लागि युद्धविराम लम्ब्याउने र वार्ता तथा कूटनीतिलाई प्राथमिकता दिने विषयमा जोड दिनुभएको छ ।

देशका उपप्रधानमन्त्री समेत रहनुभएका दारले इस्लामावादस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत नेटली ए बेकरसँगको भेटमा यस्तो बताउनुभएकाे हाे । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुवै पक्षले हालैका क्षेत्रीय घटनाक्रमकाे बारेमा विस्तृत छलफल गरेकाे जनाएकाे छ । क्षेत्रीय शान्ति र स्थिरताका लागि वार्ता र कूटनीति नै एक मात्र व्यवहारिक माध्यम भएकाे विदेशमन्त्री दारकाे निष्कर्ष रहेकाे छ ।

उहाँले चुनौतीहरूको समाधान खोज्न संवादको आवश्यकता रहेको बताउनुभएकाे छ । भेटका क्रममा कार्यवाहक राजदूत बेकरले क्षेत्रीय शान्ति प्रवद्र्धन र वार्तालाई सहज बनाउन पाकिस्तानले खेल्दै आएको रचनात्मक र सकारात्मक भूमिकाको प्रशंसा गर्नुभएको जारी विज्ञप्तिमा भनिएकाे छ ।