Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने

दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा

156
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने भएका छन् ।

भारतकाे लखनउमा बुधबार राति पौने ८ बजेदेखि राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने भएका हुन् । आईपीएलको जारी संस्करणमा दुवै टोलीको यो सातौं खेल हो । ६ खेलबाट ८ अंक जोडेको राजस्थान तालिकाको चौथो स्थानमा रहेको छ । समान खेलबाट ४ अंक मात्रै जोडेको लखनउ पुछारबाट दोस्रो स्थानमा रहेकाे हाे । दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिने भएका हुन् ।

लिगमा ६ खेलबाट ११ अंक जोडेको पञ्जाव किंग्स शीर्ष स्थानमा छ । दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलाेर र तेस्रो स्थानको सनराइजर्स हदरावादको समान ८–८ अंक रहेकाे हाे । मंगलबार राति भएको खेलमा सनराईजर्स दिल्ली क्यापिटल्सलाई ४७ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा प्रवेश गरेकाे छ।