Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


कांग्रेसले आज कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम गर्दै


104
Shares

काठमाडाैं । नेपाली कांग्रेसले बुधबार कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ ।

विराटनगरमा हुने उक्त कार्यक्रममा सहभागी हुन पार्टी सभापति गगनकुमार थापा बुधबार विराटनगर जाने हुनुभएकाे हाे । पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कांग्रेसले कार्यक्रम आयोजना गर्न लागेकाे छ।

समीक्षा कार्यक्रममा पार्टीका कोसी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू र गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहने कांग्रेसले जनाएको हाे ।

यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा त्यस्तै, समीक्षा बैठक सम्पन्न गरिसकेको कांग्रेस बुधबार कोशी प्रदेशमा कार्यक्रम गर्न लागेको छ । सबै प्रदेशमा कार्यक्रम सकाएपछि कांग्रेसले केन्द्रीयस्तरमा चुनावको अन्तिम समीक्षा गर्ने भएकाे हाे।