काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि बुधबार रातीसम्ममा इरान नयाँ सम्झौताका लागि तयार नभए इरानमा बम बर्साउने चेतावनी दिइरहेको बेला अमेरिकी र इरानी उच्च अधिकारीहरुबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ताको तयारी भईरहेको छ ।
युद्धाको छायाँमा वार्ता नगर्ने भन्दै गर्दा इरानी सभामुख मोहम्मद बागेर क्वालिवाफ वार्ताका लागि इस्लामावाद आउन तयार भएका हुन् । पछिल्लो समय इरानी नेतृत्वमा हावी हुँदै गएका क्वालिवाफ नै वार्तामा सहभागी हुने भएपछि अमेरिी उपराष्ट्रपति जेडी भान्स पनि इस्लामावाद आउने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
अमेरिकाले हर्मुज जलमार्गबाट इरानी कार्गो जहाज नियन्त्रणमा लिएपछि थप आक्रोशित भएको इरानले वार्तामा बस्ने विषयमा छिनछिनमा कुरा भने फेरिरहेको बताइएको छ ।
इरानसंगको दश दिने युद्धविराम भोलि सकिंदैछ भने राष्ट्रपति ट्रम्पले अस्थायी युद्धविराम सकिनु अघि नै नयाँ सम्झौता हुनुपर्ने भन्दै धम्की दिईरहनु भएको छ ।









प्रतिक्रिया दिनुहोस्