काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं एसपी गौतम केसीमाथि छानबिन गरिने भएको छ । एक पीडितको निवेदन दर्ता नगरेको तथा प्रहरीले राम्रो ‘रेस्पोन्स’ नदिएको गुनासो आएपछि छानबिन थालिएको हो ।
उनीमाथि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाएको छ । एसएसपी कमल थापा नेतृत्वको छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
केही दिनअघि एसपी केसी र सप्तरी प्रहरीमा निवेदन दिन पुगेका पीडितबारेको फोन रेकर्ड बाहिरिएको थियो । त्योसँगै उनी विवादमा तानिएका हुन् ।









प्रतिक्रिया दिनुहोस्