काठमाडाैं । ट्राफिक प्रहरीले गत २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा ३ हजार ५ सय १ जना सवारी चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १ सय ५८, तीव्र गति ८९, लेनमा १ सय ७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा २ हजार ७ सय ४७ गरी कूल ३ हजार सय १ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हाे ।
प्रहरी कार्यालयले कारबाहीबाट जम्मा २५ लाख १५ हजार ५ सय १ रुपैयाँ राजस्व सकलन भएकाे बताएकाे छ ।









प्रतिक्रिया दिनुहोस्