Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


सुनको मूल्य आज फेरी बढ्याे


1.3k
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ।

सोमबार तोलामा एक हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख एक हजार तीन सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। चाँदी सोमबार प्रतितोला पाँच हजार एक सय ९० रूपैयाँमा कारोबार भएको थियाे। तर मंगलबार चाँदी तोलामा पाँच हजार एक सय ६० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ३० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार सात सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।