Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


देशका- प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहित मध्यम वर्षा र हिमपात हुने


2.3k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान देशका हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, मंगलबार दिउँसो भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। कोशी प्रदेशको पहाडी तथा तराई र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएकाे हाे।

देशका हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यकाका खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे।

त्यसैगरी मंगलबार राति भने देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएकाे हाे । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।