Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै


52
Shares

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक मंगलबार बस्दैछ ।

बैठक मंगलबार मध्याह्न साढे १२ बजे समितिको सभा हल सिंहदरबारमा बस्ने भएकाे हाे ।

बैठकमा नयाँ संसद भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।