Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईकाे नेपालमाथि जित

नेपाल भने ६ विकेटले पराजित

325
Shares

काठमाडाैं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई पराजित गरेकाे छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा साेमबार राति सम्पन्न भएको अन्डर लाइट्स खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । खेलमा वर्षा बाधक बनेपछि यूएईले ‘डिएल मेथडमा’का आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो ।जवाफमा युएईले ८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यूएईका लागि कप्तान मोहम्मद वसीमले १५ बलमा ३३ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए पनि जिताउन सकेनन् । त्यस्तै, कुशल मल्लले एक विकेट लिएका छन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ३५ बलमा अविजित ३२ रन बनाए । यूएईका लागि मोहम्मद जुहैबले ३ विकेट लिए भने जुनैद सिद्दिकीले २ विकेट लिएकका छन्।

वर्षा हुदाँ खेल केहीबेर रोकिएको थियो । यो खेलसँगै यूएईले सिरिजमा १–० को अग्रता बनाएको छ । नेपाल र युएईबीचको दोस्रो खेल मंगलबार पनि हुने भएकाे हाे ।