Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


राष्ट्रपति पौडेलसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश


312
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार वटा देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो।

ओहोदाको प्रमाणपत्र पेश गर्ने नवनियुक्त राजदूतमा गाम्बियाका मुस्ताफा जवार, क्यानडाका क्रिस्टफोर कूटर, स्लोभेनियाका टोमाज मेन्सिन र अल्जेरियाका अब्डेनोर खेलिफी रहेका छन्। चारै गैरआवासीय राजदूत हुन्।