Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


गृहमन्त्री गुरूङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान गर्न सरकारसँग जेनजी मुभमेन्टको माग (विज्ञप्तिसहित)


9k
Shares

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुदन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

विवादास्पद व्यपारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि मुभमेन्टका प्रवक्ता विजय शाहले आइतबार राति एक विज्ञप्ति जारी गर्दै यस्ताे माग गर्नुभएकाे हाे । गृहमन्त्री गुरुङमाथि लागेका गम्भीर आरोपहरूमाथि निष्पक्ष छानबिनका लागि पदबाट हटाइ पक्राउ गरेर निष्पक्ष अनुसन्धान अघि बढाउन समेत उहाँले माग गर्नुभएकाे छ।

मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानूनी सिद्धान्तविपरीत रहेको भन्दै मुभमेन्टले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरेको हाे ।