Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


रास्वपाकाे केन्द्रीय समिति बैठक आज बस्दै

बैठकमा सांगठनिक सुदृढीकरण र महाधिवेशनसहित ९ एजेण्डाकाे बारेमा छलफल गरिंने

312
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक साेमबार बस्दैछ ।

बैठक साेमबार दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभएकाे हाे । बैठकका लागि ९ वटा एजेण्डा समेत तय गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ। प्रवक्ता झाले बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारमा केन्द्रित रहने बताउनुभयाे ।

बैठकमा पार्टीका गतिविधिकाे बारेमा ब्रिफिङ र केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुने भएकाे छ । त्यस्तै, केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि छलफल हुने भएकाे हाे । बैठकले सचिवालयले गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न विषयमा निर्णय लिने भएकाे छ।

केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची तल उल्लेख गरिएकाे छ:

१) पार्टी गतिविधि ब्रिफिङ ।
२) केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३) केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४) महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५) विधान संशोधन सम्बन्धमा ।
६) स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा ।
७) प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८) सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९) विविधः
क) विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख) विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग) संसदीय दलको विधान संशोधन सम्बन्धमा ।