Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


कांग्रेसकाे केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै


104
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक साेमबार बस्ने भएकाे छ।

बैठक साेमबार दिउँसो ३ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले जानकारी दिनुभएकाे हाे ।बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । यसअघि वैशाख २ गते बसेको अनुशासन समितिको बैठकले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो । बैठकले नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसबीचमा सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि सभापति थापाले आइतबार नेता खड्कासँग भेटवार्ता समेत गर्नुभएकाे हाे। केन्द्रीय अनुशासन समितिले कारवाही प्रक्रिया अगाडि बढाइरहेकाे समयमा सभापति थापा र नेता खड्काबीचको भेटवार्ताले स्थितिलाई सामान्यीकरण गर्ने आँकलन गरिएको छ ।