Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


प्रदेश सभापति र मुख्यमन्त्रीहरुसँग छलफल गर्दै कांग्रेस


585
Shares

काठमाडाैं । नेपाली कांग्रेसले सातै प्रदेशका शिर्ष नेतृत्वसँग छलफल सुरु गरेको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा प्रदेश सभापतिहरू, पार्टीका मुख्यमन्त्रीहरू तथा प्रदेश संसदीय दलका नेताहरू सहभागी छन् ।

आइतबार १ बजेका लागि आह्वान गरिएको बैठक ढिलो गरी शुरु भएको हो । बैठकले आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सरकार–पार्टी समन्वयमा विषयमा छलफल हुने बताइएको छ।

बैठकमा कांग्रेसका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रदेश सभापति इन्द्रबहादुर बाँनिया, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत सहभागी हुनुहुन्छ ।