काठमाडाैं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६, फारमस्थित जेसीबीमा कार ठोक्किँदा एकै परिवारका पाँचजना घाइते भएका छन् ।
आज दिउँसाे झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीमा नारायणगढबाट बुटवलतर्फ गइरहेको बा१८च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएका हाे ।
दुर्घटनामा कारका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान, नौ महिनाका वेदाक्ष र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते भएका जिल्ला प्रहरी कार्यालयका एसपी युवराज खड्काले जानकारी दिए ।
मोटरसाइकललाई जोगाउन खोज्दा कार जेसीबीमा ठोक्किएको उनले बताए । घाइतेहरूलाई उपचारका निम्ति नयाँ मेडिकल कलेज चितवन पठाइएको छ ।









प्रतिक्रिया दिनुहोस्