Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटकाे उपाधि त्रिभुवन आर्मी क्लबले जित्याे

सुदूरपश्चिम प्रदेश भने ५ विकेटले पराजित

0
Shares

काठमाडाैं । त्रिभुवन आर्मी क्लबले सिजनको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

वीरगञ्जमा शुक्रबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मी सिजनको च्याम्पियन बनेको हो। आर्मीले सुदूरपश्चिमले दिएको १ सय ६२ रनको लक्ष्य ५ विकेटको क्षतिमा ३४ दशमलव ३ ओभरमा पूरा गर्‍यो। आर्मीका लागि इमरान शेखले नटआउट ४६ रन र बसिर अहमदले ४५ रन बनाए।

त्यसअघि कप्तान विनोद भण्डारी २ रन, भीम सार्की ४ रन र कुशल मल्ल १७ रनमा आउट भएका थिए। त्रृतराज दास पनि ३१ रनमा आउट भएपछि बसिर र इमरानले पाँचौ विकेटका लागि ९६ रनको साझेदारी गरेपछि आर्मीको जित सम्भव भयो। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिएका छन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले खराब ब्याटिङ गरेको थियो। उसले ३९ दशमलव ४ ओभरमा अलआउट हुँदा १ सय ६१ रन जोडेको थियो। कुनै समय खराब अवस्थामा रहेको सुदूरपश्चिमका लागि आठौं नम्बरमा ब्याटिङ गरेका अशोक धामीले ४३ रन बनाएका थिए। ७ विकेट जाँदा ९८ रन जोडेको सुदूरका लागि किरण ठगुन्नाले जोडेको ३५ रन र नारायण जोशीले बनाएको २९ रन महत्वपूर्ण बन्यो।

अन्त्यतमा हेमन्त धामीले १६ रन बनाएको सुदूरपश्चिमका ७ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। जसमा शुरुवाती ६ ब्याटर थिए। बलिङमा आर्मीका आकाश चन्द र शाहब अलामले ३/३ विकेट लिए भने बसिर अहमदको नाममा २ विकेट रहेकाे छ।