काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार तोलामा एक सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने प्रतितोला तीन हजार रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी शुक्रबार पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय २० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार आठ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्